Search
Close this search box.

करेन्ट लागेर महिलाको मृत्यु

कैलालीमा बुधबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का ४० वर्षीय लक्ष्मी जैसी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडीपट्टि रहेको तार छुन गई जैसीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan