Search
Close this search box.

हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ

ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan