Search
Close this search box.

खोलाले बगाउँदा एक जनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो ।

काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नविन मरासिनीले जानकारी दिए । उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ ।

यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो । खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन् ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan