Search
Close this search box.

चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँको बन्दीपुर–४ सालथानमा बिहीबार चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय जितबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरेको थियो ।

चितुवाको आक्रमणमा परेर गम्भीर बिरामी भएका उनको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan