Search
Close this search box.

सुनको मूल्य एक हजार तीन सयले घट्यो

सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।

त्यस्तै शुक्रबार प्रतितोला रु एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार आठ सय १० निर्धारण भएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan