Search
Close this search box.

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यु लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरेको थियो ।
सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या ११५ नाघेको छ ।

बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौँ मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहे । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

देशमा लागू गरिएको कर्फ्यु शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यु लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।
अवस्था अस्थिर बनेपछि बंगलादेशमा अध्ययन गरिरहेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरू स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ भने नेपाल सरकारले १७ जनालाई आफ्नो पहलमा स्वदेश फर्काउँदै छ ।
त्यस्तै मिडिया रिपोर्टका अनुसार अन्य देशका हजारौँ नागरिकले बंगलादेश छोड्ने क्रम जारी रहेको छ

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

बंगलादेशमा आरक्षण विरोधी प्रदर्शन : अहिलेसम्म ११५ जनाको मृत्यु

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan