Search
Close this search box.

सुनको भाउ तोलामा दुई हजार चार सय रुपैयाँले घट्यो

आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा दुई हजार चार सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर एक लाख ४५ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले घटेको छ । हिजो तोलाको एक हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको एक हजार सात सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan