Search
Close this search box.

आइतबार ११३ अंक बढ्यो सेयर बजार

आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार सेयर बजार उच्च अंकले बढेको छ ।

आज शेयर बजार ११३ अंक बढेर नेप्से परिसूचक २६८१ अंकमा कायम भएको जनाइएको छ ।

यस्तै, यस दिन कुल १५ अर्ब ८१ करोडको कारोबार भएको छ भने ४ करोड ३ लाख कित्ता सेयर किनबेच भएको छ ।

यसैगरी कारोबार भएकामध्ये १२ वटा समूहको वृद्धि भएको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan