Search
Close this search box.

१० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा

नबिल बैंकको खुद नाफा १० प्रतिशतले बढेको छ । सार्वजनिक गत आर्थिक वर्ष २०८०–०८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार सो बैठकको नाफा १० प्रतिशतले बढेको हो ।

बैंकले सो अवधिमा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १० दशमलव २३ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा नाफा कमाएको थियो ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ८ दशमलव ६ प्रतिशत घटेको छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९ पैसा र वितरणयोग्य प्रतिसेयर आम्दानी १४ रुपैयाँ २६ पैसा छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan