Search
Close this search box.

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

लेबनानको दक्षिणमा इजरायली आक्रमणमा सोमबार दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस क्षेत्रमा गाजा युद्ध सुरु भएदेखि हेजबुल्लाह समूहले इजरायलसँग दैनिक आक्रमण गरिरहेको छ । गत हप्तादेखि, तेहरानमा हमासका नेता र बेरुतमा हेजबुल्लाहका सैन्य प्रमुखको हत्याको बदला लिने वाचा गरेका हेजबुल्लाहसहित इरान र तेहरान समर्थित समूहका क्रियाकलापले मध्यपूर्वमा तनाव बढिरहेको छ ।

आक्रमणमा दुई जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणमा मारिएकामध्ये एकजना ‘रिसाला स्काउट्स प्यारामेडिक’ रहेको लेबनानको सरकारी समाचार एजेन्सीले जनाएको छ । इजरायली सीमाबाट दुई किलोमिटरभन्दा कम दुरीमा रहेको गाउँ मैस अल–जबलले सीमापार झडप सुरु भएदेखि भारी आक्रमणको सामना गरेको छ भने अधिकांश बासिन्दा प्रभावित क्षेत्र छोड्न बाध्य छन् ।

सोमबार हेजबुल्लाह समूहले लेबनानमा इजरायली ‘आक्रमण र हत्या’को प्रतिक्रियामा इजरायलका सैन्य स्थलमा विस्फोटक पदार्थसहितका ड्रोन आक्रमण गरेको जनाएको छ । एएफपीका अनुसार अक्टोबरदेखि सुरु भएको सीमापार आक्रमणमा लेबनानमा कम्तीमा ५४९ जनाको मृत्यु भएको छ र उनीहरूमध्ये अधिकांश लडाकु र सर्वसाधारण छन् । इजरायली सेनाका तथ्यांक अनुसार इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्ससहितका क्षेत्रमा २२ जना सैनिक र २५ जना सर्वसाधारण मारिएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

इजरायली आक्रमणमा दुई जनाको मृत्यु

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan