नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ । आज सुन प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउँ घटेसँगै आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएर रेकर्ड तोडेको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको थियो ।
केही प्रतिक्रिया छ कि ?


