Search
Close this search box.

राष्ट्रिय समितको निर्णयमा बागमती प्रदेशका सबै स्थानीय तहले बुझाए ज्ञापनपत्र

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको निर्णय एवम् वागमती प्रदेशको सर्कुलर बमोजिम बागमती प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहहरुमा आज शिक्षा क्षेत्रका मागहरु समेटेर तयार पारिएको ज्ञापन पत्र बुझाईएको छ ।
संगठन प्रदेशका महासचिव पूर्णबहादुर पुरीले छिटपुट बाहेक १३ जिल्लाका सबै स्थानीय तहहरुमा संगठनले ज्ञापन पत्र बुझाएको बताएका हुन् । संघीय शिक्षा ऐनको विधेयक समयमै नआउनु दुर्भाग्यपूर्ण भएको भन्दै देशकै प्रभावशाली शिक्षक नेता एवम् संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले पालिकासंग भन्दा संघीय सरकारसंग आफूहरुको गुनासो रहेको बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानीयाँलाई आफ्नो संगठनको तर्फबाट ज्ञापनपत्र बुझाउँदै उनले यस्तो बताएका हुन् ।नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको निर्णय बमोजिम आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा छिटपुट बाहेक ज्ञापनपत्र बुझाइएको संगठन राष्ट्रिय समिति महासचिव हंसबहादुर शाहीले बताएका छन् । ज्ञापन पत्रमा शिक्षा क्षेत्रमा बढ्दै गएको अराजकता र सुधार गर्नुपर्ने विषय उल्लेख गरिएको शाहीले बताए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan