Search
Close this search box.

आज नेप्से घट्यो, २१ अर्ब ५१ करोडको कारोबार

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । आज नेपाली बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।

सोमबारको तुलनामा आज नेप्से ८ दशमलव १८ अकंले घटेर २९२३ दशमलव ४६ बिन्दुमा कायम भएको छ ।

आज ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८३२ कित्ता शेयर किनबेच भएको छ भने २१ अर्ब ५१ करोड ५० लाख १० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यसदिन (आज) पाँच उपसूचकमा मात्र हरियाली देखिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan