Search
Close this search box.

शिक्षक संगठन बागमती प्रदेशले बुझायो मन्त्री हरिप्रभा खड्गीलाई ध्यानाकर्षणपत्र

नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिले प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । शिक्षा क्षेत्रका विभिन्न १३ बुँदे मागहरु समेटिएको ध्यानाकर्षणपत्र प्रदेश समितिले मन्त्रालय पुगेर खड्गीलाई हस्तान्तरण गरेको हो ।

ध्यानाकर्षण पत्रमा शिक्षक कर्मचारीलाई श्रम कानुनले तोके बमोजिमको न्युनतम पारिश्रमिक उपलब्ध गराउन, सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयनमा ल्याउन, संविधान प्रदत्त ट्रेड यूनियन अधिकारलाई सुनिश्चित गर्न, शैक्षिक गुणस्तरका नाममा SEE परीक्षाको मात्र नतिजा विश्लेषण नगर्न लगायतका मागहरु समेटिएका छन् । ध्यानाकर्षण पत्रमा शिक्षकको सरुवाका नाममा भएको स्थानीय सरकारको पूर्वाग्रह अन्त्य गर्न, त्यसैगरी दिवा खाजाको रकमलाई समयानुकूल सापेक्ष बनाउन तथा शिक्षकको तहगत बढुवा गर्ने व्यवस्थाका लागि पहल गर्न समेत उल्लेख गरिएको छ ।

सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रम संगठन प्रदेश समिति अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता तथा मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । ध्यानाकर्षण पत्रलाई वाचन गर्दै संगठन प्रदेश महासचिव पूर्णबहादुर पूरीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव, महाशाखा प्रमुख, शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, दोलखा अध्यक्ष सञ्जय खड्का, संगठन प्रदेश कोषाध्यक्ष लक्ष्मी चौलागाई, सचिवालय सदस्य लावणप्रसाद फूँयाल, प्रचार विभाग प्रमुख सुनिल गौतम, सदस्य बालकुमार श्रेष्ठ, लक्ष्मी प्याकुरेल, दीपक गौतम, मकवानपुर सचिव मुकुन्द न्यौपाने लगायत करिव ४० जनाको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan