Search
Close this search box.

इजरायली हवाई आक्रमणबाट गाजामा एकै परिवारका १५ जनाको मृत्यु

गाजामा इजरायली हवाई आक्रमणका कारण एकै परिवारका १५ सदस्यको मृत्यु भएको छ।

शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५ सदस्यको मृत्यु भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ।

मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको हो।

इजरायल र हमासबीच १० महिनाभन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan