Search
Close this search box.

लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनसहित मंगलबार एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका–६ बस्ने ३५ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ ।
थापालाई लागूऔषध खैरो हेरोइन ९७ ग्राम ७ मिलिग्रामसहित प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

धरानदेखि काठमाडौंतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ५८८४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan