आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गिरावट आएको छ ।
यसदिन नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २ हजार ८९४ दशमलव ५७ को बिन्दुमा झरेर रोकिएको हो ।
यसअघि कारोबारको अन्तिम दिन बिहीबार नेप्से ६ दशमलव ०१ अंकले बढेर २ हजार ९७४ दशमलव ४६ बिन्दुमा उक्लिएको थियो ।
यस्तै, आज आइतबार ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच भएको छ भने १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।
यस दिन अधिकांश उपसूचकहरु राताम्मे भएको जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?


