Search
Close this search box.

नेप्सेमा १११.९६ अंकको गिरावट

आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक नेप्सेमा १११ दशमलव ९६ अंकको गिरावट आएको हो ।

बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको शेयर बजार अन्तिम समयसम्म ३ दशमलव ८६ प्रतिशतले घट्दै २ हजार ७८२ दशमलव ६० विन्दुमा पुगेर रोकिएका नेपाल स्टक एक्सचेज ९नेप्से० ले जनाएको छ ।

नेप्सेका अनुसार, १११ दशमलव ९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य पनि घट्न पुगेको छ ।

आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको जनाइएको छ ।

आज २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan