Search
Close this search box.

अमेरिकामा एक नेपाली छात्राको गोली हानी हत्या

अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी अन्दाजी २१ वर्षीया मुना पाण्डे गोली हानेर हत्या गरेको पाइएको हो ।

उनको ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली हानेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले जानकारी दिए ।

उपाध्यक्ष गौतमका अनुसार, ती छात्राको छातीमा गोली लागेको पाइएको हो । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

उनी एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका गएको बुझिइएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।–एजेन्सी

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan