Search
Close this search box.

युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु

युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त हुँदा पाइलटको मृत्यु भएको छ ।

रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार, विमान दुर्घटनामा परेर विमानका पाइलट ओलेक्सी मेसको मृत्यु भएको हो ।

सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan