Search
Close this search box.

सेयर बजारमा साढे ५३ अंकको गिरावट

साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दुमा पुगेको छ ।

आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको छ । ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

म्युचुअल फन्ड ० दशमलव १७ अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्मे छन् । कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १७७ रुपैयाँका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan