Search
Close this search box.

भियतनाममा आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु

भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । आँधीका कारण ५४ जना बेपत्ता छन् ।

हावाहुरीका कारण शनिबारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ । पहिरोका कारण अवस्था बिग्रिएको छ ।

उत्तरी भियतनाममा हजारौं मानिस घरको छानामा फसेका छन् ।

टाइफुन यागी भियतनाममा विगत ३० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी हो । आँधी यागी पश्चिमतर्फ सर्ने क्रममा क्षति बढ्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यागी आँधीमा १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ । बाढी र पहिरोका कारण धेरै पुल र भवनहरू भत्किएका छन् ।

भियतनामभन्दा पहिले दक्षिणी चीन र फिलिपिन्समा यागी आँधीका कारण २४ जनाको ज्यान गएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan