Search
Close this search box.

इजरायलले लेबनानमा गरेको आक्रमणमा ४९२ जनाको मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली हवाई हमलाका कारण देशमा कम्तीमा ४९२ जनाको मृत्यु भएको र १६४५ जनाभन्दा बढी घाइते भएको जनाएको छ। लेबनानको जनस्वास्थ्य मन्त्रालयले देशको दक्षिणी भागमा रहेका सबै अस्पतालहरूलाई अत्यावश्यक शल्यक्रियाहरू रद्द गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ।

घाइतेहरूलाई आकस्मिक विभागमा पुर्‍याउन चिकित्सकहरूलाई तयार रहन भनिएको छ। शिक्षा मन्त्रालयका अनुसार लेबनानको दक्षिणी र बेरुतको दक्षिणी उपनगरका विद्यालयहरूलाई पनि बन्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। इजरायली रक्षा बलहरूले लेबनानमा १६०० भन्दा बढी लक्ष्यहरूलाई लक्षित गरेको बताएको छ।

आइडीएफ प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले इजरायली वायुसेनाले १६ सय भन्दा बढी लक्ष्यहरूलाई निशाना बनाएको बताएका हुन्। इजरायली सेनाले अब हिजबुल्लाहविरुद्धको आक्रमणको दायरा व्यवस्थित रूपमा बढाउँदै लैजाने बताएको छ। इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ।

इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan