Search
Close this search box.

बाघको आक्रमणमा परी पुरुषको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।

वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी बस्ने ६३ वर्षीय जीवबहादुर थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार तीनचुली मध्यवर्ती सामूदायिक वनमा घाँस काट्न गएको बेला बाघले आक्रमण गरेको थियो ।
बाघले आक्रमण गरेको जानकारी पाएपछि खोजी गर्दा थिङलाई मृत भेटिएको प्रहरी उपरीक्षक शाहले जनकारी दिए । उनको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan