Search
Close this search box.

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

अमेरिकाको भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र सयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष फिलिमेन याङबीच भेटवार्ता भएको छ । न्यूयोर्क स्थित सयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटमा सांसद ढकालले नेपालको शान्ति प्रक्रियामा सयुक्त राष्ट्र संघको योगदानको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट शुभकामना संदेश दिए ।

महासभाका अध्यक्ष फिलिमेन याङले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भएको महत्वपूर्ण भेटवार्ताको स्मरण गर्दै नेपालको शान्ति र संमृद्धिको यात्रामा सयुक्त राष्ट्रसंघको सदैव सदभाव रहने बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागी हुन अमेरिका पुगेका ढकालले वाशिंटन डिसीमा रिपब्लिकन र डेमोक्र्याट पार्टीका छ जना सांसदहरुसंग समेत भेट गरेका थिए । पूर्वमन्त्री समेत रहेका ढकालले क्यपिटोल हिल ९संसद भवन० मा अमेरिकी सांसदहरु बेथ भान डाइन, डानी देविज, जोहन टाईलर डूलिटल, जोनाथन ज्याकसन्, लुइए गोहमेर्ट लगाएत संग संसद भवनमा द्विपक्षीय हित र नेपाल –अमेरिका संसदीय आदानप्रदान बारे छुट्टा छुट्टै कुराकानी गरेका थिए ।

सांसद ढकालले अमेरिकी पत्रिका “द वाशिंगटन टाइम्स’’ को मुख्यालयको समेत भ्रमण गरि उक्त पत्रिकाको अध्यक्ष थोमस म्याकडेभिट लगाएतसंग अन्तरक्रिया गरेका छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् र उनि नेपाल – अमेरिका संसदीय मैत्री समूहमा आबद्ध छन् । सांसद ढकालको भ्रमणलार्इ अमेरिकी नेताहरुले बिशेष महत्व दिएका छन् ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

सांसद ढकाल र संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष याङबीच भेटवार्ता

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan