Search
Close this search box.

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

हेटौंडा – नेपाल बुद्धिचाल महासंघको आयोजनामा भोलि आइतबारबाट हेटौँडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउने तयारीस्वरुप प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुवै प्रतिष्पर्धामा प्रथम हुने खेलाडीले श्रीलंकाको कोलम्बोमा आगामी मार्च १० देखि १९ सम्म हुने एशिएन जोनल गेममा सहभागिता जनाउन पाउने छन् । सो प्रतियोगितामा सहभागी हुने खेलाडीको सम्पूर्ण खर्च नेपाल बुद्धिचाल महासंघले व्यहोर्ने महासचिव लामाले जानकारी दिए ।

यस्तै प्रतियोगितामा दोस्रो तथा तेस्रो हुने खेलाडीले जनही १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबले व्यवस्थापन गर्ने प्रतियोगिताका लागि कूल २४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ । २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितातर्फ अघिल्लो संस्करणका विजेताहरू राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भन्डारी लगायतको सहभागिता रहने छ । यस्तै १० औँ राष्ट्रिय महिला बुद्धिचालतर्फ पनि अघिल्लो संस्करणका विजेताहरू सिन्दिरा जोशी, कृतिसरा अधिकारीसँगै अन्य खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका खेलहरू माघ १३ गतेदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने माघ १४ गते हुने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

प्रदेश सरकारले एक हजार विपन्न परिवारको घर बनाइदिने, काठमाडौँमा मेट्रो रेल र भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

खर्च नियन्त्रणमा बागमती सरकार, बजेटको आकार ५४ करोडले घटाइयो(पूर्णपाठ)

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

मनहरीमा ६५ फिट अग्लो बुद्ध स्तुपा निर्माण कार्य अन्तिम चरणमा

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

उपचारपछि सुधारिएका हिरालाल थिङ पुनः पुरानै अवस्थामा

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

बोत्तलको सट्टा बिरुवा,हेटौंडामा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

सडक आश्रित मानव उद्धारका लागि बागमतीको नयाँ कार्यविधि स्वीकृत

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan