Search
Close this search box.

हेटौंडामा भोलिदेखि राष्ट्रिय वुद्धिचाल हुँदै

हेटौंडा – नेपाल बुद्धिचाल महासंघको आयोजनामा भोलि आइतबारबाट हेटौँडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । २५ औँ राष्ट्रिय बुद्धिचाल तथा १० औँ राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिता गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमार्फत आयोजकले जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता जनाउने तयारीस्वरुप प्रतियोगिता हुन लागेको पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले जानकारी दिए । प्रतियोगितामा महिला तथा पुरुष दुवै प्रतिष्पर्धामा प्रथम हुने खेलाडीले श्रीलंकाको कोलम्बोमा आगामी मार्च १० देखि १९ सम्म हुने एशिएन जोनल गेममा सहभागिता जनाउन पाउने छन् । सो प्रतियोगितामा सहभागी हुने खेलाडीको सम्पूर्ण खर्च नेपाल बुद्धिचाल महासंघले व्यहोर्ने महासचिव लामाले जानकारी दिए ।

यस्तै प्रतियोगितामा दोस्रो तथा तेस्रो हुने खेलाडीले जनही १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मकवानपुर जिल्ला बुद्धिचाल संघ र हेटौँडा चेस क्लबले व्यवस्थापन गर्ने प्रतियोगिताका लागि कूल २४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने जनाइएको छ । २५ औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगितातर्फ अघिल्लो संस्करणका विजेताहरू राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भन्डारी लगायतको सहभागिता रहने छ । यस्तै १० औँ राष्ट्रिय महिला बुद्धिचालतर्फ पनि अघिल्लो संस्करणका विजेताहरू सिन्दिरा जोशी, कृतिसरा अधिकारीसँगै अन्य खेलाडीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताका खेलहरू माघ १३ गतेदेखि नै सुरु भए पनि औपचारिक उद्घाटन भने माघ १४ गते हुने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan