Search
Close this search box.

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

हेटौंडा– नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा फागुन १६ गतेबाट चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा फागुन १६ देखि १८ गतेसम्म हुनेछ । महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय ९ सेना, प्रहरी, एपिएफ० गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

मकवानपुरमा अर्धमासिक तलब भुक्तानी सुरु, हेटौंडा खानेपानी बोर्ड अगाडि

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan