Search
Close this search box.

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

हेटौंडा– नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा फागुन १६ गतेबाट चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने आज पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ । गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा फागुन १६ देखि १८ गतेसम्म हुनेछ । महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको छ ।

प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय ९ सेना, प्रहरी, एपिएफ० गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोका अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा गोदावरी नगरपालिकाले २० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुनमा

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan