हेटौंडा । विश्व गैरसरकारी संस्था दिवसको अवसरमा हेटौंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ। विश्व गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुरले दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
गैरसरकारी संस्था मकवानपुरकि अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रीय सचिव बुद्धशरण लामाको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि लामाले आफ्नो काममा तटस्थ भएर लाग्न आग्रह गरे। सरकारलाई सहयोग गर्नुको साथै सरकारलाई घच्घच्याउने काम समेत गैरसरकारी संस्थाले काम गर्दै आएको बताए ।गैरसरकारी संस्थालाई विभिन्न आरोप लगाउने गरेको भन्दै नडगमगाइ काम गर्न सम्पुर्णलाई अनुरोध गरे ।
गैरसरकारी संस्था मकवानपुरकि अध्यक्ष रमिला सापकोटाले आफ्नो कर्मबाट पछाडि नहट्न सबै गैरसरकारी संस्थालाई अनुरोध गर्दै संस्थाले जिम्मेवारीको भुमिकामा रहेको र रहने प्रतिबद्धता व्यक्त गरिन। विश्व गैरसरकारी संस्था दिवसको अवसरमा सबै गैरसरकारी संस्थाका प्रतिनिधिहरुलाई शुभकामना व्यक्त गरिन ।
गैरसरकारी संस्था मकवानपुरकि उपाध्यक्ष कुमारी वाइवाले स्वागत मन्तव्य राखेकी थिइन् ।
मानव अधिकार संगठन अध्यक्ष शर्मिला वाइवा,अपांग महासंघ,गैर सरकारी संस्थाको १९ ४५ मा स्थापना भएको थियो। १२ नम्बर वडा सदस्य गिता परियार ,रिता सुनुवार १९ नम्बर वडासदस्य,कमला पौडेल ९ नम्बर वडासदस्य
प्रकाश खतिवडा शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश अध्यक्ष , मानव अधिकारसंगठन जिल्ला अध्यक्ष शर्मिला श्रेष्ठ, गणेश चन्द्र दवाडीलगायतको उपस्थिति रहेको थियो।
