Search
Close this search box.

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् । ७९ वर्षीय दुतेर्ते आज हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।

सन् २०१६ मा सत्ता सम्हाल्दा उनले लागूऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको लागूऔषधविरुद्धको कारबाहीका क्रममा हजारौं लागूऔषध प्रयोगकर्ता र व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

यसमा दोषी देखिएका सीमित व्यक्तिहरू प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए । सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि उनी फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन् ।

दुतेर्ते हङकङमा आउँदो मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्‍यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको खबरमा उल्लेख छ ।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

मकवानपुरमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन विवरण संकलन सुरु

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

हेटौँडा–४ मा शैक्षिक प्रदर्शनीदेखि खेलकुदसम्मका बृहत् कार्यक्रम हुँदै

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

जेनजी आन्दोलन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइमा सदस्य थापाको असन्तुष्टि,आवश्यक परे आफैं सार्वजनिक गर्ने चेतावनी

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

बागमतीका मुख्यमन्त्रीद्वारा श्रम अधिकार र रोजगारीमा जोड

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

पत्रकारिताले जेनजीको भावनालाई आत्मसाथ गर्नुपर्छ ; मगर

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

ज्यालामा ठगिएको भन्दै श्रमिकले मागे गाउँपालिकासँग न्याय

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो विमानस्थलबाटै पक्राउ

भीमफेदी गाउँपालिकाद्वारा ११६ श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan