हेटौंडा ।हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले सिआन महिला पुर्नस्थापना केन्द्रलाई २ थान सिलाई उपकरण सहयोग गरेको छ।
हेटौंडा-९ स्थित लामसुरेहाइटमा ६ महिनाअघि संचालनमा आएको सिआन महिला पुर्नस्थापना केन्द्रमा उपचाररत महिलाहरूको सीप विकास र सहजताको निम्ति सिलाई उपकरण सहयोग गरेको संचालक तानिया अग्रवालले जानकारी दिइन् ।
६ महिना अगाडि संचालनमा आएको सिआन महिला पुर्नस्थापना केन्द्रमा हाल २४ जनाले उपचाररत तथा परामर्श लिइरहेका छन् ।
केही प्रतिक्रिया छ कि ?