Search
Close this search box.

जिएसमा शैक्षिक अन्तरक्रिया

हेटाैँडा- हेटाैँडा-५ मा रहेकाे ज्ञानदीप शिक्षा निकेतन मावि (जिएस निकेतन) ले कक्षा-८, ९ र १० विशेष ‘अभिभावक शिक्षा एवम् शैक्षिक अन्तरक्रिया कार्यक्रम’ गरेकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष  रमिला सापकाेटाकाे अध्यक्षता एवम् सञ्चालक समिति उपाध्यक्ष राजेश घिमिरेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

अभिभावक शिक्षा कार्यक्रमकाे सहजीकरण गर्दै सामाजिक व्यक्तित्व डा. अर्पण पराजुलीले बालबालिकाकाे चाैतर्फी विकासका लागि अभिभावकले बालबालिकालाई नजिकबाट बुझ्नुपर्ने र पर्याप्त समय दिनुपर्ने विचार व्यक्त गरे ।  कार्यक्रममा १५ जना अभिभावकहरूले विद्यालयका सबल पक्षबारे प्रशंसा गर्दै अझै राम्रो गर्नका लागि रचनात्मक सुझावहरू दिएका थिए ।


कार्यक्रममा संस्थाका काेषाध्यक्ष माेहनप्रसाद न्याैपाने, सदस्यहरू जनकराज पन्त, डा. निमेष निखिल,  श्रीराम दाहाल, शिक्षक-अभिभावक सङ्घ (PTA) अध्यक्ष प्रकाश बानियाँ, विव्यस सदस्य रिता घिमिरे, पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, विद्यालयका प्रअ ईश्वरप्रसाद लामिछानेलगायत कक्षा ८-१० का विषय शिक्षकसहित करिब २०० जना अभिभावककाे उपस्थिति रहेकाे थियाे ।

विद्यालयकाे नियमित मासिक अभिभावक अन्तरक्रिया कार्यक्रमअन्तर्गत शैक्षिक सत्र २०८२ काे पहिलाे तहगत अन्तरक्रिया आयाेजना गरिएकाे र आगामी दिनमा नियमित रूपमा अभिभावक अन्तरक्रिया कार्यक्रम आयाेजना गर्दै जाने जानकारी विद्यालयका सहायक प्रअ एवम् सूचना अधिकारी दीपक गाैतमले जानकारी दिए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan