Search
Close this search box.

काँग्रेसका भातृ संस्थाको समावधि फेरि थपियो

काठमाडौं– नेपाली कांग्रेसले भ्रातृ संस्थाको अवधि अन्तिम पटकका लागि थप्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि थप्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको तदर्थ समितिको पदावधि थप्ने पक्षमा देखिएकाले निर्णय पनि सोहीअनुसार भएको शीर्ष तहका एक नेताले जानकारी दिए । ‘अन्तिम पटकका लागि एकपटक समय थपौं भन्ने कुरा भएको छ । भंग गर्दा अर्को समस्या आउने उहाँको मनसाय थियो,’ बैठकमा सहभागी ती नेताले भने, ‘निर्देशक समिति र भ्रातृ संस्थाका अध्यक्षलाई बोलाएर पार्टीले तय गरेको कार्यतालिकामा अधिवेशन गर्न निर्देशन गर्ने मोटामोटी सहमति बनेको छ ।’
नेताहरूका अनुसार बढीमा असोजसम्मको समय–सीमा दिएर अवधि महाधिववेशन उन्मुख गराउने निर्णय भएको छ । कांग्रेसका १३ मध्ये पाँचवटा भ्रातृ संस्थाले मात्रै अधिवेशन गरेर निर्वाचित समिति ल्याएका छन् । प्रमुख भ्रातृ संस्थाहरू नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसअघि तोकिएको समयमा महाधिवशेन गर्न सकेनन् ।
चैत मसान्तसम्मको समयावधि भित्र अधिवेशन गर्न पार्टीले निर्देशन समिति गठन गरेर निर्देशन दिएको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan