Search
Close this search box.

छुवाछुत उन्मूलनबारे सरोकारवालाबीच अन्तर्क्रिया


हेटौंडा – हेटौंडामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन विषयमा बुधबार सरोकारवालाहरुबीच अन्तर्क्रिया भएको छ । १९ औं जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सरोकारवालाहरुबीच अन्तर्क्रिया भएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजना तथा संयुक्त राजनीतिक दलित संघर्ष समिति मकवानपुरको समन्वयमा कार्यक्रम भएको थियो । दलित समुदायको समृद्धि र आत्मासम्मानसहित स्थानीय तह निर्माणमा सरोकारवालाको भूमिका विषयमा
राजनीतिक विशेषज्ञ डा. बुद्धि नेपालीले प्रस्तुतिकरण दिएका थिए ।
समिति अध्यक्ष ललितबहादुर घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका सहायक सीडीओ राजेन्द्र पाण्डे, जिल्ला समन्वय मकवानपुर अधिकारी शान्ति बिक, संयुक्त राजनीतिक दलित संघर्ष समितिका कमलकुमार बिश्वकर्मा, गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल, १९ वडाका वडा सदस्यहरु, दलित अधिकारवादी संघसंस्था, भ्रातृ संघसंगठनलगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan