पोर्चुगल– अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एन बी अन्जान अध्यक्ष चयन भएका छन् । बिहीबार अनलाइनमार्फत भएको अधिवेशनबाट समाजको वरिष्ठ उपाध्यषमा सागर शाह, उपाध्यक्षमा उर्मिला कार्की, महासचिवमा मणिराज गौतम, सचिवमा ऋतुशला लामा र कोषाध्यक्षमा मुना नेउपाने चयन भएका छन् ।
त्यस्तै सदस्यहमार सजु पौडेल बराल, सुजन पण्डित, प्रेम कोइराला रहेका छन् । अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटाको संयोजकत्वमा पोर्चुगल सल्लाहकार अर्जुन श्री र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । आफ्नो कार्यकालमा सबै सदस्यहरुले सहयोग गरि सम्पन्न भएको र अधिवेशन सौह्रद्रपुर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै निवर्तमान अध्यक्ष सवी श्रेष्ठले धन्यवाद ज्ञापन गरिन् ।
