Search
Close this search box.

बालमैत्री दीगोपनका लागि छलफल


हेटौंडा।बालमैत्री स्थानीय शासन अवलम्बन दीगोपनका लागि किशोरस“ग छलफल भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सुनौलो शिक्षा नेपालको आयोजना तथा हेटौंडा उपमहानगरपालिका–२ वडाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
सिद्धार्थ, ज्ञानोदय, बालजागृति, वडा बालसञ्जालका गरी करिब एक सय विद्यार्थीको उपस्थितिमा कार्यक्रम भएको थियो । सुनौलो शिक्षा नेपाल अध्यक्ष आशीष दुलालको सभाध्यक्षमा भएको कार्यक्रममा वडा अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यता थियो । कार्यक्रमका प्रशिक्षक प्रकाश खतिवडा र दुलाल थिए । वडा बालमैत्री हुन वडाभित्रका हरेक बालबालिकाको हितका लागि बाल मनोपरामर्शकर्ता व्यवस्थापन, व्यवस्थित र सुबिधासम्पन्न खेलमैदान, लागुऔषध तथा दुर्व्यसनसम्बन्धि विद्यालयमा सचेतना, सुरक्षित सडक व्यवस्थापन, सामाजिकसञ्जालको प्रभाव पत्ता लगाउन सर्वेक्षण र आवश्यक परामर्श गर्नुपर्ने उपस्थित विद्यार्थीले बताएका थिए ।
कार्यक्रममा उपमहानगर महिला तथा बालबालिका शाखा प्रमुख विष्णुकुमारी लामिछाने, वडा सदस्य/बालमैत्री सम्पर्क व्यक्ति सुरज बर्तौला र वडा सदस्य इन्द्रप्रसाद रिजालसहित शिक्षक, विभिन्न टोलविकासका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan