हेटाैँडा-बिहीबार राति माेटरसाइकल दुर्घटनामा राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाकाे निधन भएकाे छ ।
बिहीबार राति करिब ११ बजेकाे समयमा हेटाैँडा-१० राप्तीराेडस्थित पूर्वपश्चिम राजमार्गमा उनी सवार ना ४३ प ४५२५ नम्बरकाे माेटरसाइकल दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा गम्भीर घाइते भएका झाकाे हेटाैँडा अस्पतालमा उपचारकाे लागि लगिएकाेमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
धनुषा जिल्ला जनकपुर ४ स्थायी निवासी ४५ वर्षीय झाकाे शव हेटाैँडा अस्पतालमा रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
झा लामाे समयदेखि खैराङकाे कालिका माविमा प्रधानाध्यापककाे रुपमा कार्यरत रहेका थिए ।
केही प्रतिक्रिया छ कि ?

