Search
Close this search box.

नेपालमा १५ वर्षभित्र गरिबी अन्त्य गर्छौं: प्रधानमन्त्री

झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्ने बताएका छन् । हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज(आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन गर्दै कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह गरे ।

उनले भने, ‘अब नेपालमा गरिबीको आयु नै १५ वर्ष हो। यो अवधिमा हामीले गरिबी अन्त्य गर्नुपर्छ र आधुनिक र विकसित देशतर्फ अगाडि बढाउनुपर्छ । आधारहरू बनिसकेका छन्, विद्युत्, सञ्चार क्षेत्र अघि बढेका छन् । आइटी क्षेत्रमा अघि बढेका छौँ, त्यसको दुरुपयोग गरेर केही मान्छे बिग्रिएका पनि होलान् । तर मान्छेहरूले राम्रो काम गरेका छौँ ।’ उनले बाटो, पुल, सिचाई आयोजना निर्माण गर्ने बताए। विकास निर्माणमा असाधारण प्रगति भइरहेको बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan