Search
Close this search box.

घुससहित रंगेहात समातिए मेयर साह

सिरहा– विकास योजनाको काम दिएबापत घुस मागेको १ लाख रकमसहित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो। अख्तियारका अनुसार मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग कमिसन मागेका थिए। कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेका थिए ।

अख्तियार स्रोतका अनुसार पटक(पटकको वार्तापछि मेयरले चेक काट्नुअघि रकम बुझाउन दबाब दिएका थिए। सोही उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो । सोही रकम लिँदै गर्दा अख्तियारको टोलीले मेयर साहलाई रंगेहात नियन्त्रणमा लिएको हो । हालः टोलीले नगरपालिका कार्यालयमा मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार पक्राउ परेका मेयरमाथि थप अनुसन्धान अगाडि बढाइने छ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan