Search
Close this search box.

पुष्पलालकाे स्मृति दिवसमा हेटाैँडामा जनसांस्कृतिक साँझ हुँदै


हेटौंडा- नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा साउन ७ गते साँझ ४ बजे रोयल पार्टी प्यालेसमा जनसांस्कृतिक साँझ हुने भएकाे छ । नेकपा एमाले, मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजना र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, जिल्ला कमिटीको ब्यवस्थापनमा जनसाँस्कृतिक साँझ “स्वर समर्पण” को लागि पार्टि जिल्ला स्वयम्सेवक विभाग सचिव सुरेश बेरोजगारको संयोजकत्वमा २७ सदस्सिय स्वयम्सेवक ब्यवस्थापन तथा परिचालन उपसमिति निर्माण गरिएको छ ।

जनसंगठन समन्वय संयन्त्र र पार्टी जिल्ला स्वयम्सेवक विभागको संयुक्त बैठकले बेरोजगारलाई कार्यक्रम अवधिभर समग्र स्वयम्सेवक नेतृत्व र परिचालन गर्ने गरी उपसमिति संयोजकको जिम्मेवारी प्रदान गरेको हो । संयोजक सहित उपसमितिमा विभागबाट ७ जना र नेकपा एमाले सम्बद्ध १० वटा जनसंगठनबाट दुईदुई जना गरी २७ जना चयन गरिएको छ । बैठकमा जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउतले साँस्कृतिक कार्यक्रम, जनवादि गितहरुको तयारी बारे जानकारी गराएका थिए ।

साथै, पार्टी जिल्ला सदस्य शिवहरी दाहालले कार्यक्रमलाई भब्य र सभ्य बनाउने जिम्मेवारी उपसमितिको भएकोले त्यस अनुसार क्रृयाशिल हुन आग्रह गरे । बैठकले कार्यक्रम स्थल, डिजिटल प्रचार सामाग्री डिजाईन लगाएत अन्य प्राविधिक तयारीको जिम्मेवारी प्रोग्रेसिभ ईन्जिनियरिङ एशोशियनलाई प्रदान गरेको छ ।

बैठक समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलको सभाध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिव सिता विष्टको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टी जिल्ला सदस्य तथा स्वयम्सेवक विभाग प्रमुख शिवहरी दाहाल, जिल्ला सदस्यहरु दिलु घर्ति, आकाश अधिकारी, सुमित्रा चौंलागाँई, जनसाँस्कृतिक महासंघका अध्यक्ष राजुराम राउत लगाएत जनसंगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan