Search
Close this search box.

जनप्रिय माविमा क्रियशन क्याम्पको तेस्रो श्रृंखला

हेटौंडा १६ को जनप्रिय माध्यमिक विद्यालयमा क्रियशन क्याम्पको महाकुम्भ आजदेखि सञ्चालन भएको छ । प्रत्येक वर्ष वर्षे विदाको समय पारेर जनप्रिय माविले यस्तो क्रियशनको महाकुम्भ सञ्चालन गर्दै आएको यो तेस्रो श्रृंखला हो ।

वर्षे विदा अघि नै बालबालिकाको रुचि क्षेत्र पहिचानका निम्ति विद्यालयले विकास गरेको फर्म उनीहरुले भर्ने र रुचीक्षेत्रकै आधारमा विज्ञ प्रशिक्षकबाट तालिम सञ्चालन हुने गरेको विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए ।

तालिममा उद्घोषण, गायन, बौद्धिक तालिम र खेल गरी विभिन्न विधामा महाकुम्भ चलिरहेको चौलागाईले बताए ।

वर्षे विदामा पनि विद्यालय पूर्ण रुपमा सञ्चालन

यता कक्षा ८ देखि १० सम्मका कक्षाहरु वर्षे विदामा पनि अभिभावक र विद्यार्थीको माग अनुसार नियमित गरिएको विद्यालयका नेपाली माध्यम संयोजक नीरबहादुर खड्का र अंग्रेजी माध्यम संयोजक रविन श्रेष्ठले बताए । यसअघि गरिएको सोहि कक्षाहरुको अभिभावक भेला मार्फत सुझाव प्राप्त भएको उनिहरुको तर्क छ । क्रियशन क्याम्प भने रुची अनुसार फर्म भरेका विद्यार्थीमा केन्द्रित गरी महाकुम्भ सञ्चालन गरिएको अतिरिक्त क्रियाकलाप एवम् सांस्कृतिक विभाग संयोजक तथा प्राथमिक तह संयोजक समेत रहेका युक्तलाल विश्वकर्माले बताए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan