Search
Close this search box.

बानियाँले गरे आठ जना मन्त्री नियुक्त, प्रदेश प्रमुखबाट सपथ


हेटाैँडा- बागमती प्रदेशमा नवनियुक्त आठ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मंगलबार उनीहरूलाई शपथ ग्रहण गराए ।

नवनियुक्त मन्त्रीहरूमध्ये कांग्रेसका २ र एमालेका ६ जना छन् । एमालेतर्फबाट मधुसुदन पौडेल कृषि तथा पशुपंक्षी विकास, डा. दिनेश चन्द्र देवकोटा भौतिक पूर्वाधार विकास, जयराम थापा श्रम रोजगार तथा यातायात, भरतबहादुर केसी वन तथा वातावरण, किरण थापा स्वास्थ्य तथा बिन्दु श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा नियुक्त भएका छन् ।
कांग्रेसतर्फबाट कृष्णकुमार तामाङ खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री र शिवराज अधिकारी बिना विभागीय मन्त्री बनेका छन् ।

कांग्रेसको भागमा परेको ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री नियुक्त गरिएको छ भने बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन्।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan