Search
Close this search box.

मुख्यमन्त्रीको प्रमुख स्वकीयमा पुडासैनी

हेटौँडा–बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमुख स्वकीय सचिवमा मिलन पुडासैनी नियुक्त भएका छन् । मुख्यमन्त्री बानियाँले बुधबार पुडासैनीलाई प्रमुख स्वकीय सचिवको जिम्मेवारी प्रदान गरेका हुन् ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका पुडासैनीले यसअघि पनि बानियाँको स्वकीय सचिवालयमै रहेर काम गरिरहेका थिए । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी ऐन २०७५ मा प्रदेश मुख्यमन्त्रीले प्रदेश उपसचिव सरहका स्वकीय सचिवसहितको ८ जनाको सचिवालय कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan