Search
Close this search box.

नवसर्जककाे मासिक शृङ्खलामा ‘किन पढ्ने, किन लेख्ने ?’

हेटाैँडा- नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले आफ्नो ३७ औँ नवसर्जक मासिक शृङ्खला ‘रचना वाचन तथा अभिमुखीकरण सम्पन्न गरेकाे छ । शृङ्खलाअन्तर्गत नियमित प्रशिक्षणकका साथ ‘किन पढ्ने ? किन लेख्ने ?’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। चौतारीले हरेक महिनाको चौथो शनिबार गर्दै आएको मासिक शृङ्खलाकाे क्रममा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे ।

चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको सभाध्यक्षता एवम् अग्रज बालसाहित्यकार, लोकसाहित्यकार तथा समालोचक प्रा. डा. कपिलदेव लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमकाे विशिष्ट आतिथ्य तथा चौतारीका सल्लाहकार डी.बी. बर्तौला, काेशी प्रदेश सल्लाहकार टीका आत्रेय र साहित्यकार देवराज तिवारीको आतिथ्य रहेकाे थियाे ।
कार्यक्रममा देशभरका १० जना नवसर्जकले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।
संस्थाका परिकल्पनाकार तथा संरक्षक दीपक गौतमले नवसर्जक साहित्य चौतारी नेपालको आगामी कार्यक्रम अर्थात् ‘नियमित प्रशिक्षण’ विषयमा प्रकाश पार्दै भदाै ६ गतेबाट हरेक शुक्रबार र शनिबार नियमित प्रशिक्षण सञ्चालन हुने जानकारी गराउनुभयाे । अतिथि टीका आत्रेयले ‘किन पढ्ने? किन लेख्ने?’ बारेमा आफ्नो मन्तव्य राख्दै कविता वाचन गरेका थिए ।  सल्लाहकार डी.बी. बर्तौलाले  कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमका प्रमुख अतिथि कपिलदेव लामिछानेले “किन पढ्ने? किन लेख्ने?” भन्ने विषयमा विस्तृत चर्चा गर्दै आफ्नो मन्तव्य राखेका थिए ।

चौतारीको केन्द्रीय सचिव रौनक शाहको उद्घोषण र उपमहासचिव रचना भण्डारीको स्वागत मन्तव्यका साथ सञ्चालित कार्यक्रममा देशका सातै प्रदेशका नवसर्जककाे प्रतिनिधिमूलक उपस्थिति रहेकाे थियाे ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan