Search
Close this search box.

मुख्यमन्त्री बानियाँको आश्वासन: “अब १० लाख माथिका योजना टेण्डरमार्फत, निर्माण व्यवसायीलाई निराश हुनुपर्ने दिन गए”

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्माण व्यवसायीहरूलाई कामको अभाव नहुने स्पष्ट पारेका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले अब १० लाखभन्दा माथिका सबै योजना टेण्डर प्रक्रियाबाट सञ्चालन हुने जानकारी दिए।

उहाँले खानेपानी मन्त्रालयले चाँडै टेण्डर आह्वान गर्ने भएकाले व्यवसायीहरू तयारी अवस्थामा रहन आग्रह गरे। उपभोक्ता समितिबाट काम हुँदा विगतमा समस्या आएको उल्लेख गर्दै उनले अबदेखि त्यस्ता योजनाहरू उपभोक्ता समितिबाट नहुने बताए।

मुख्यमन्त्री बानियाँले आफू तीन वर्षदेखि निजी निर्माण व्यवसायबाट अलग भइसकेको जानकारी दिँदै राज्य सञ्चालनमा निष्पक्षता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले निर्माण व्यवसायीलाई राष्ट्र निर्माणको मेरुदण्डको रूपमा सम्बोधन गर्दै समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले पनि पेशागत मर्यादा कायम राख्दै काम गर्न व्यवसायीहरूलाई सुझाव दिए। साथै, उनले काममा अवरोध आए सिधै मुख्यमन्त्री वा मन्त्रीहरूसँग समन्वय गर्न आग्रह गरे।

संघका अध्यक्ष बालगोपाल कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य मन्त्रीहरू पनि सहभागी थिए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan