हेटौँडा। हेटौँडा सिमेन्ट उद्योगले करिब चार महिनापछि आजदेखि पुनः उत्पादन सुरु गरेको छ। उद्योगका मेसिन मर्मत कार्य पूरा भएसँगै उत्पादन प्रक्रिया फेरि सञ्चालनमा आएको हो।
उद्योगका निमित्त महाप्रबन्धक इञ्जिनियर रामबाबु साहका अनुसार वैशाख महिनादेखि मेसिनको समस्या र कोइलाको अभावका कारण उत्पादन रोकिएको थियो। ‘‘उद्योग चलाउन हामीलाई कोइलाको समस्या थियो,’’ उहाँले भन्नुभयो, ‘‘सिमेन्ट उत्पादन गरी बिक्री गर्ने शर्तमा करिब एक हजार टन कोइला व्यवस्थापन गरेका छौँ र त्यससँगै उत्पादन सुरु गरेका छौँ।’’
विसं २०३३ मा स्थापना भई २०४३ देखि व्यावसायिक उत्पादन सुरु गरेको यो सरकारी स्वामित्वको उद्योग समय–समयमा आर्थिक संकट, प्रविधिको पुरानोपन, कर्मचारीको अभाव, बजारको प्रतिस्पर्धा र मूल्य समायोजन जस्ता समस्याले प्रभावित हुँदै आएको छ।
केही प्रतिक्रिया छ कि ?
