Search
Close this search box.

भदौ २४ गते गगन थापा हेटौँडा आउने

हेटौँडा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा भदौ २४ गते हेटौँडा आउने भएका छन्। नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ ‘ख’ ले ११२औँ बिपी कोइराला जन्मजयन्तीको अवसरमा आयोजना गर्न लागेको विशेष भेलालाई सम्बोधन गर्न उनी हेटौँडा आउन लागेका हुन्।

कार्यक्रम आयोजकका अनुसार विशेष भेलामा पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठको पनि सहभागिता रहनेछ। प्रदेशसभा क्षेत्र नं. १ ‘ख’ का सभापति राजेश बानियाँका अनुसार कार्यक्रममा जिल्लाभरिबाट करिब २ हजार कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने अनुमान गरिएको छ।

कांग्रेस मकवानपुर जिल्ला सभापति बुद्ध लामाले कार्यक्रम नीतिगत नभई सन्देशमूलक हुने जानकारी दिए। उनका अनुसार महामन्त्री थापाले पार्टीका समसामयिक विषयवस्तु, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, कार्यसम्पादन समितिको कार्यगत एजेन्डा लगायतका विषयमा धारणा राख्नेछन्।

कार्यक्रममार्फत पार्टीका विधि, विधान तथा संगठनात्मक प्रक्रियाबारे जिल्लास्तरीय नेतृत्व, कार्यकर्ता र जनप्रतिनिधिलाई मार्गनिर्देशन दिने उद्देश्य रहेको समेत सभापति लामाले बताए।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan