Search
Close this search box.

जेनजी आन्दोलनमा १४ जनाको मृत्यु, २२ जनाको अवस्था गम्भीर

काठमाडौं– हिंसात्मक बनेको जेनजी आन्दोलनमा १४ जनाले ज्यान गुमाएका छन् । राजधानीका विभिन्न अस्पतालमा उपचाररत घाइतेको संख्या १४९ भन्दा बढी पुगेको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन् ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अस्पतालबाट पठाइएको विवरण यसप्रकार छः
सिभिल अस्पतालः १०० भन्दा बढी घाइते, २ मृत्यु
ट्रमा सेन्टरः ४६ घाइते, ६ मृत्यु, ४ गम्भीर
एभरेस्ट अस्पतालः २४ घाइते, ३ मृत्यु
केएमसीः २१ घाइते, २ मृत्यु, ८ गम्भीर
त्रिवि शिक्षण अस्पतालः १८ घाइते, १ मृत्यु, ६ गम्भीर
पाटन अस्पतालः घाइते उपचाररत, तर मृत्यु भएको रिपोर्ट छैन
यो सहित मृतकको संख्या १४ पुगेको छ भने घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ। अस्पतालहरूमा अझै घाइतेहरू निरन्तर भर्ना भइरहेका कारण मृतक र गम्भीर घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ। स्रोतः स्वास्थ्य खबरपत्रिका

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan