Search
Close this search box.

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

हेटौंडा। बालबालिका तथा किशोरकिशोरीहरू अनलाइनमा असुरक्षित बन्ने खतरा बढिरहेको सन्दर्भमा सिविन नेपाल मकवानपुरको आयोजनामा हेटौंडामा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। बिहीवार सम्पन्न कार्यक्रममा शिक्षक, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू वर्डलिंक, सुविसु इन्टरनेटका प्रतिनिधि र सरोकारवाला निकायको सहभागिता थियो।

कार्यक्रममा सिविन नेपालका प्रबन्धक माधव लोहनीले अनलाइन बाल संरक्षणसम्बन्धी विभिन्न पक्षबारे विस्तृत प्रस्तुति दिएका थिए। उनले अनलाइन बाल यौन शोषणका स्वरूप, कानुनी प्रावधान, समुदाय र स्थानीय तहको भूमिका, तथा बालबालिकामाथि भइरहेको साइबर अपराधका तथ्यांकहरू प्रस्तुत गरे।

प्रबन्धक लोहनीका अनुसार अनलाइन बाल यौन शोषणका स्वरूपहरूमा अश्लील सामग्री आदानप्रदान, सामाजिक सञ्जालमार्फत अस्वस्थ सम्बन्ध स्थापना, यौनजन्य सन्देश र तस्बिर आदानप्रदान, यौन फिरौती, प्रत्यक्ष अनलाइन दुर्व्यवहार, साइबर हेपाइ, तथा बालबालिकालाई लक्षित गर्दै एआईको प्रयोग गरेर गरिने दुर्व्यवहार प्रमुख छन्। साथै, अनलाइन खेलप्रतिको लत, अश्लील तथा हिंसात्मक सामग्रीको सहज पहुँच र त्यसको प्रभावसमेत चर्चा गरिएको थियो।

साइबर ब्युरोमा बढ्दो उजुरी

लोहनीले प्रस्तुत गरेका तथ्यांकअनुसार साइबर ब्युरोमा बालबालिका सम्बन्धी उजुरीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ। २०७५/७६ मा १० बालिकाको उजुरी दर्ता भएकोमा २०८०/८१ मा २५३ बालक र २९६ बालिकाको उजुरी दर्ता भएको छ। चालू आर्थिक वर्षको असोज ४ गतेसम्म मात्र १०८ बालक र ११२ बालिकाले साइबर अपराधसम्बन्धी उजुरी दिएका छन्।

कार्यक्रममा सहभागीहरूलाई समूहमा बाँडेर अनलाइनमा बाल संरक्षणका उपाय, चुनौती र समाधानका सम्भाव्य बिन्दुहरूमा छलफल गराइएको थियो। सहभागीहरूले इन्टरनेट सेवा प्रदायक र शैक्षिक संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।

मानसिक स्वास्थ्यमा पनि ध्यान

बालबालिकामा भइरहेको दुर्व्यवहार र त्यसबाट उत्पन्न मानसिक समस्या बारे सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीले जानकारी दिए। उनले गम्भीर मानसिक समस्या भएका बालबालिकाको हेटौंडामै विशेषज्ञ चिकित्सकमार्फत उपचार भइरहेको र अत्यावश्यक अवस्थामा काठमाडौँ रिफर गरिने बताए।

केही प्रतिक्रिया छ कि ?

सम्बन्धित समाचार

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

हेटौँडामा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

मकवानपुरगढीको शारदा माविको स्वण महोत्सवका अवसरमा एक साता सम्म ५८ वटा कार्यक्रम गर्ने

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

बाघले बाख्रा मारेपछि स्थानीय त्रसित

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

प्रभास घिमिरेकाे स्मृतिमा स्मृति ग्रन्थ लाेकार्पण तथा अक्षय काेष स्थापना

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

जेसीआई हेटौंडाद्वारा विपन्न परिवारलाई खाद्यान्न तथा न्यानो सामग्री सहयोग

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

हेटौंडामा एकल महिला, द्वन्द्वपीडित र सीमान्तकृत समूहको सशक्तिकरणका विषयमा छलफल

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

कांग्रेस बैठकमा पूर्वमुख्यमन्त्री लामाकाे ‘विवादास्पद अभिव्यक्ति’, केन्द्रीय सदस्यहरुले गरे आलाेचना 

हेटौंडामा अनलाइन बाल संरक्षणबारे छलफल, साइबर अपराधका विविध स्वरूपमा चिन्ता

मकवानपुरको विभिन्न स्थानमा लगाइएको  अवैध गाँजा खेती नष्ट

Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan