Search
Close this search box.

हेटौंडामा “अनलाइनमा बालबालिकालाई हुने जोखीम र अवसर” विषयक वक्तृत्वकला प्रतियोगिता

हेटौंडा । सिविन-नेपाल मकवानपुर र हेटौंडा उपमहानगरपालिकाको नगर स्तरीय बाल सञ्जालको संयुक्त आयोजनामा “अनलाइनमा बालबालिकालाई हुने जोखीम र अवसर” विषयमा एक दिने वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता नगर बाल सञ्जाल अध्यक्ष सुधनसु थापाले गरेका थिए भने २ नं वडाका वडा सदस्य सुरज बर्तौला प्रमुख अतिथि थिए। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका-८ नं वडाध्यक्ष राम थापा, मामाघर नेपालका संयोजक अर्पण पराजुली,  बालकल्याण अधिकारी बिना थिङ र  सिविन नेपाल मकवानपुरका प्रबन्धक झबिन्द्र ज्ञवालीको उपस्थिति  थियो।

प्रबन्धक ज्ञवालीले कार्यक्रममा अनलाइनको फाइदा र बेफाइदाको विषयमा विशेष प्रस्तुतिकरण गरेका थिए।

वक्तृत्वकला प्रतियोगितामा पियान्सु पोख्रेल प्रथम, स्वेता नहर्की द्वितीय, र अनुप्रस्था देवकोटा तृतीय भएका छन्। दिया पाण्डे र आदित्य चौलागाईंले सान्त्वना स्थान प्राप्त गरेका छन्।

कार्यक्रममा ११ वटा वडाबाट बालबालिकाको सहभागीता थियो।

उक्त  कार्यक्रममार्फत बालबालिकालाई डिजिटल दुनियाँसँग जोडिएका अवसर र खतराबारे जानकारी गराइने उद्देश्य राखिएको थियो।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan