Search
Close this search box.

मुख्यमन्त्री बानियाँले गरे मनहरी ६ मा विद्यालय भवन उद्घाटन


हेटाैँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी -६ नम्बर वडास्थित रुपाचुरीमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन गरेका छन् । विदेशी दातृ निकायकाे सहयाेगमा निर्मित सगरमाथा आधारभूत विद्यालयकाे चार काेठे भवनकाे बुधबार मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् ।

अमेरिकी संस्था बिल्डिङ एजुकेशनकाे आर्थिक सहयाेगमा एक अर्थ फाउन्डेशन नेपालले विद्यालय भवन निर्माण गरेकाे हाे । चारकाेठे भवन, शाैचालय, चाैर सम्याउनेलगायत गरि करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण भएकाे संस्थाले जनाएकाे छ । विद्यालय भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क बेन्चकाेसमेत व्यवस्था गरेकाे छ ।

विद्यालय भवन उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले दातृ निकायले विद्यालय भवन निर्माण गर्न सहयाेग गरेकाेमा आभारी व्यक्त गर्दै आगामी दिनमा पनि सहयाेगकाे लागि अनुराेध गरे । शैक्षिक क्षेत्रकाे विकासका लागि प्रदेश सरकार पनि उत्तिकै गम्भीर रहेकाे भन्दै अन्य आवश्यक पूर्वाधार र शैक्षिक वातावरणा बनाउन बजेट विनियाेजन गरिने बानियाँले प्रतिवद्धता गरे । विद्यालयमा गाउँपालिकामार्फत राखिएका शिक्षक दरबन्दीलाई निरन्तरता दिन अध्यक्ष बानियाँले गाउँपालिका अध्यक्षलाई अनुराेधसमेत गरे । मनहरी आफ्नाे निर्वाचन क्षेत्रसमेत रहेकाले आफूले यस भेगकाे समग्र विकासका लागि बजेट विनियाेजन गर्नेसमेत बानियाँले प्रतिवद्धता जनाए ।

सगरमाथा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर मुक्तानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, दातृ निकायका प्रतिनिधि बीन्डी स, नाेरमेन, विद्यालयका प्रधानाध्यापक खड्कबहादुर मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रमकैबीच मनहरी गाउँपालिकामार्फत मनहरी ६ नम्बर वडाका ७ जना विपन्न परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार २० हजार रुपैयाँ रकम हस्तान्तरणसमेत गरिएकाे थियाे । केही समयअघि चट्याङ लागि मृत्यु भएका विशाल ब्लाेनकाे परिवारलाई गाउँपालिकामार्फत २ लाख खातामा पठाइएकाे छ भने मुख्यमन्त्री बानियाँले व्यक्तिगत रुपमा १० हजार सहयाेग प्रदान गरे । साथै प्रदेश सरकारबाट पनि १ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan